गुठी विधेयकको विरोधमा पोखरामा पनि विरोध प्रदर्शन

विविध

 

पोखरा, २ असार । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ । विभिन्न संस्था र जातिय समुहहरुले गुठी विधेयकको विरोध गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।पोखराको चिप्लेढुँगाबाट शुरु भएको विरोध जुलुस न्युरोड, सभागृह, सृजनचोक, रत्नचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बझाएका थिए । सरकारले गुठीसम्बन्धी विधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोध र सर्मथनमा कार्यक्रमहरु हुँदै आएका छन् ।गुठी सम्बन्धी विधेयक ल्याएर सरकारले परम्परागत संस्कृतिलाई मेटाउने काम भइरहेको भन्दै प्रर्दशनकारीहरुले गुठी विधेयक खारेज गर्न माग गरेका छन् ।