२०८३ आश्विन १६

स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै

अन्तराष्ट्रिय

एजेन्सी । कृतिम बुद्धिमता(एआइ) एवम प्रविधि विकासमा चीनले ऐतिहासिक फड्को मारेको छ । यतिबेला चीनका केही शहरमा संचालित रेस्टुरेन्टका भान्सामै रोबोटले सेवा दिन थालेका छन् ।

दक्षिणपश्चिम चीनको सिचुआनमा रोबोट शेफले ग्राहकको मन जित्दै गएको छ । त्यहाँका रेस्टुरेन्टका रोबोटहरूले मानवीय सहयोगबिना विभिन्न परिकारहरु आफैं तयार गर्ने गरेका छन् ।

ति रोबोटहरुले परिकारमा सामग्री हाल्ने, चलाउने र मसला थप्ने काम गर्छन्। रेस्टुरेन्टमा रोबोटले बनाएका परिकार निकै स्वादिलो पनि हुने गरेको छ ।

‘घरमा पकाएको जस्तै स्वाद छ। स्थानीय मानिसहरूको स्वादअनुसारका परिकारहरु तयार गर्ने गरेका छन्,’ एक व्यवसायीले भने ।

रोबोट कम्पनीका संस्थापकका त्यस्ता रोबोटिक मेसिनहरूलाई एआई क्षमतासहित अपग्रेड गरिएको छ।

यसले शेफले खाना पकाउँदा अपनाउने तरिका र प्रक्रियाहरू रेकर्ड गरी त्यसलाई प्लस वा माइनस ०.१ एकाइको शुद्धतासम्म दोहोर्याएर तयार गर्नसक्छ ।

चेङ्दु सहरस्थित कुकिङ रोबोट कम्पनीका संस्थापक झेङ हाओतियान भन्छन्,‘नयाँ मोडल अझ बुद्धिमान बनेका छन् । यसले वास्तवमै स्वचालित रूपमा खाना पकाउने काम गर्न सक्छ। एउटा बटन थिचेपछि यसले स्वचालित रूपमा सामग्री थप्छ, खाना पकाउँछ, प्लेटमा सजाउँछ र वोक सफा गर्छ—अर्थात् सुरुदेखि अन्त्यसम्मको सम्पूर्ण प्रक्रियाहरु गर्छ ।’

संस्थापकका अनुसार त्यस्ता उत्पादनहरू फास्ट–फुड चेनहरूदेखि साना पारिवारिक तथा स्थानीय पसलहरूसम्म प्रयोग भइरहेका छन्।

यस वर्ष कम्पनीले १४ वटा देश तथा क्षेत्रमा ग्राहकहरूलाई ६,००० वटा युनिट सेवा प्रवाह गरिसकेको छ । (सीसीटीभीप्लस)