काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक हुने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भदौ ३१ गते बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
रास्वपाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन शीर्ष राजनीतिक नेतृत्वको सहभागितामा उच्चस्तरीय संयन्त्र गठनको प्रस्ताव अघि सारेको हो। बैठकमा यस विषयमा दलहरूबीच आवश्यक छलफल तथा सहमति जुटाउने प्रयास गरिने बताइएको छ।


