काठमाडौं । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्।
दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्।
भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन्।


