काठमाडौं । व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्बेदीका अनुसार पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।


