Deposit Interest Down: साउनदेखि लागू भयो बैंकहरूको नयाँ Rate

Headlines बैंक/वित्त

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। साउन १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को ब्याजदर ४.१७ प्रतिशत कायम गरिएको छ, जुन असार महिनाको ४.२६ प्रतिशतको तुलनामा ०.०९ प्रतिशत बिन्दुले कम हो।

यससँगै वाणिज्य बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन्। संस्थागत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ३.१२ प्रतिशत कायम गरिएको छ।

साउन महिनाका लागि २० वाणिज्य बैंकमध्येबैंकले निक्षेप ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक (३.८५ प्रतिशत), ग्लोबल आइएमई बैंक (४.०० प्रतिशत), सिटिजन्स बैंक इन्टरनेसनल (३.९५ प्रतिशत), एनएमबी बैंक (४.५० प्रतिशत), स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (३.८५ प्रतिशत) र राष्ट्रिय वाणिज्य बैंक (४.०० प्रतिशत) रहेका छन्।

यस्तै, असार महिनाकै ब्याजदरलाई कायम राख्ने बैंकहरूमा कृषि विकास बैंक (४.१५ प्रतिशत), एभरेष्ट बैंक (४.०५ प्रतिशत), नेपाल बैंक (४.२५ प्रतिशत), नेपाल एसबीआई बैंक (४.१० प्रतिशत), लक्ष्मी सनराइज बैंक (४.०० प्रतिशत), प्राइम कमर्सियल बैंक (४.०० प्रतिशत), प्रभु बैंक (४.५५ प्रतिशत), माछापुच्छ्रे बैंक (४.५० प्रतिशत), हिमालयन बैंक (४.०० प्रतिशत), सिद्धार्थ बैंक (४.०५ प्रतिशत), नबिल बैंक (४.५५ प्रतिशत), सानिमा बैंक (४.५० प्रतिशत), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (४.५० प्रतिशत) र एनआईसी एशिया बैंक (४.०० प्रतिशत) रहेका छन्।