आजको मौसमा : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

समाचार

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश, कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी प्रदेशको हिमाली भूभाग, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी प्रदेशको थोरै स्थानमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।‌

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू(भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।