सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई तामझामका साथ संसद् भवन ल्याउने तयारी गरेको छ । शुक्रबार चार बजे सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको (प्रतिनिधिसभा र राष्ट्रियसभा) संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद् सविचलायले राष्ट्रपतिको स्वागतमा कमी नहोस् भनेर बिहीबार नै ‘रिहर्सल’ गरिसकेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनु १५ दिनअघि नै प्रिबजेट छलफल सकिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार वैशाख ३१ गते अर्थात् बुधबार नै प्रिबजेट छलफल सकिएको थियो । पीसीआर परीक्षण गराएका संसदहरुलाई मात्र बैठकमा प्रवेश पाउनेछन् ।
