काठमाडौं । नेपालको डिजिटल EMI प्लेटफर्म ONE BNPL सञ्चालन गर्दै आएको Fintara Solutions Pvt Ltd र Nepal Mediciti Vayodha Hospital बीच सहकार्य सम्झौता भएको छ। सम्झौतापछि अब अस्पतालमा उपचार गराउने बिरामीले क्रेडिट कार्डमार्फत अस्पतालको बिल ३ देखि १८ महिनासम्म शून्य ब्याजदरमा किस्ताबन्दी गर्न सक्ने भएका छन्।
कम्पनीका अनुसार ONE BNPL का साझेदार बैंकका क्रेडिट कार्डवाहकहरूले नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगञ्जमा गरिएको उपचारको बिल तत्काल डिजिटल माध्यमबाट EMI मा रूपान्तरण गर्न सक्नेछन्। यसका लागि कुनै कागजी प्रक्रिया आवश्यक नपर्ने बताइएको छ।
यो सुविधा Global IME Bank, Siddhartha Bank, Sanima Bank, Kumari Bank, Citizens International Bank, Prabhu Bank, NMB Bank, Laxmi Sunrise Bank, Mahalaxmi Bikash Bank र Machhapuchhre Bank का क्रेडिट कार्ड प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

Ashis K Sharma ले स्वास्थ्य उपचार खर्च प्रायः आकस्मिक हुने भएकाले यस्तो EMI सुविधाले बिरामीलाई आर्थिक दबाब कम गर्न सहयोग पुग्ने बताए। त्यस्तै Bijay Rimal ले अस्पताल बिललाई तत्काल किस्तामा रूपान्तरण गर्न सकिने व्यवस्थाले बिरामीलाई उपचारमा केन्द्रित हुन सहज हुने उल्लेख गरे।
कम्पनीका अनुसार ONE BNPL नेपालको डिजिटल EMI एग्रिगेसन प्लेटफर्म हो, जसले स्वास्थ्य सेवा, होटल तथा रिसोर्ट, मोबाइल, रिटेल र टेक ग्याजेटलगायत क्षेत्रमा क्रेडिट कार्डमार्फत EMI सेवा उपलब्ध गराउँदै आएको छ। हाल प्लेटफर्ममा १० भन्दा बढी साझेदार बैंक र १०० भन्दा बढी व्यापारी संस्था आबद्ध छन्।
