महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

आर्थिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

महासंघको निर्वाचन कमिटिले सार्वजनिक गरेको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनीषलाल प्रधान विजयी भएका हुन् ।

वैद्यले प्रतिस्पर्धी रामचन्द्र सांघाईलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षको बाजी मारेका हुन् । उनले ५६ मत पाएका छन् भने सघईको ३० मत पाए ।

यस्तै, प्रधानले अम्बिका पौडेललाई पराजित गरेका हुन् । प्रधानले ६१ मत प्राप्त गरेका छन् भने पौडेल २५ मत प्राप्त गरे ।