२०८३ जेष्ठ ४

सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए ।

उनले भनेका थिए,‘ ‘आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं ? यसको हामीले के लेख्दै छौं यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहेको छ ।’

सांसद तामाङले उनले अभिव्यक्तिमाथि उठेर आपत्ति जनाएकी हुन् । उनले भनिन्,‘उहाँले बादरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको त्यो फिर्ता होइन् पूरै काटेर फालिनुपर्छ । उहाँले सलामी दिनुपर्ने भन्नुभयो यो शब्द पनि आपत्तिजनक छ ।’