२०७७ बैशाख ३१ : काठमाडौँ – जिल्लामा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
रुपन्देहीमा २ दिनको अवधिमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जेठ ५ गते सम्मका लागि यस्तो निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र सीमा क्षेत्रका स्थानीय तहका प्रमुखहरुको बैठकले लुम्बिनी सांस्कृितक नगरपालिका , सम्मरीमाई , कोटहीमाई , मर्चवारी , मायादेबी , रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।
रुपन्देहीमा भेटिएका कोरोना संक्रमित सबै सिमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रका रहेका छन् । रुपन्देहीमा कोरोना संक्रमित १६ मध्ये १ जना निको भएर मंगलबार बेलुका बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका छन् ।



