काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बैठक सुरु हुनेछ ।
बैठकले प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
