काठमाडौं । चीनको पूर्वी प्रान्त जियाङसी प्रान्तमा चरा अवलोकन (बर्डवाचिङ) पर्यटनबाट प्राप्त आम्दानीलाई प्रवासी चरा संरक्षणमा उपयोग गर्न थालिएको छ । यसले पर्यटन र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै ‘माइग्रेटरी बर्ड इकोनोमी’ नामक दिगो प्रणाली विकास भइरहेको छ ।
स्थानीय निकायका अनुसार लिउकेङ टाउनशिपका पर्यटकहरू प्रवासी पंक्षी अवलोकन गर्न र स्थानीय संस्कृति तथा खानाको अनुभव लिन ठूलो संख्यामा आउने गरेका छन् । यसबाट उठेको पर्यटन कर र आम्दानीलाई पंक्षी संरक्षणका लागि प्रयोग गरिएको छ ।
यस आम्दानीबाट विशेष गस्ती टोली गठन गरी चराहरूको सुरक्षा मजबुत पारिएको छ । साथै, वन्यजन्तुका कारण किसानलाई हुने क्षतिबाट जोगाउन सरकारले बिमा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

स्थानीय अधिकारी झोङ सीनका अनुसार, ‘चराहरूको संख्या बढेसँगै पर्यटक पनि बढेका छन, जसले पर्यटन आम्दानी वृद्धि गरेको छ । यही आम्दानीलाई संरक्षण कार्यमा लगाएर दीर्घकालीन रूपमा माइग्रेटरी बर्ड इकोनोमी विकास गर्न सकिन्छ ।’
त्यस्तै, वन विभागका उपनिर्देशक झाङ सीनले भने, ‘यो बिमा कार्यक्रमले स्थानीय बासिन्दालाई ढुक्क बनाएको छ, जसले संरक्षणमार्फत विकास र विकासमार्फत संरक्षण सम्भव बनाएको छ ।’ सन् २०२५ मा मात्र उक्त जिल्लामा ४७ वटा क्षतिपूर्ति दाबी दर्ता भएका थिए, जसको कुल भुक्तानी करिब १७ हजार अमेरिकी डलर पुगेको बताइएको छ । सीसीटीभी
