योजना आयोगमा ६ सदस्य नियुक्त: प्राध्यापकदेखि पूर्वसचिवसम्मको इन्ट्री

Headlines आर्थिक

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ।

नियुक्त हुनेहरूमा प्रा. डा. सञ्जय आचार्य, अर्जुनजंग थापा, डा. देवेन्द्र गौचन, प्रा. डा. सुदन झा, रेशु अर्याल र डा. पुकार मल्ल रहेका छन्।

प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् भने अर्जुनजंग थापा भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव हुन्। त्यसैगरी, डा. देवेन्द्र गौचन आईआईडीएसका सिनियर फेलो हुन् भने प्रा. डा. सुदन झा काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापकका रूपमा कार्यरत छन्।

रेशु अर्याल शिक्षाविद् हुन्। उनी काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर हुँदा सल्लाहकारका रूपमा काम गरिसकेकी छन्।त्यस्तै, डा. पुकार मल्ल गभर्नेन्स ल्याबका सह–संस्थापक तथा अध्यक्ष हुन्। यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिसकेको छ।