महासंघको चुनावमा अदालतको ब्रेक: ६०औं साधारणसभा पनि स्थगित

Headlines आर्थिक

काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार अदालतले चैत २९ र ३० गते तय गरिएको साधारणसभा र निर्वाचन नगर्न निर्देशन दिएको हो।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवादका कारण निर्वाचन रोक्न माग गर्दै मुद्दा दायर गरिएको थियो। सोही मुद्दामा चैत २३ गते नै अदालतले निर्वाचन रोक्न अल्पकालीन आदेश दिएको थियो, जसलाई निरन्तरता दिँदै बिहीबार अन्तरिम आदेश जारी गरिएको हो।

सदस्यता विवादमा नेपाल उद्योग वाणिज्य महासंघलाई विपक्षी बनाइएको छ। अदालतको पछिल्लो आदेशसँगै महासंघको आगामी निर्वाचन प्रक्रिया अन्योलमा परेको छ।