मंगलबार बिहान पक्राउ, साँझै रिहा—छवि रिजाल प्रकरण

राजनीति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिलको रायअनुसार उनलाई मंगलबार साँझ हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

रिजाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको थियो।

जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।