काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
उनलाई सिआईबीको टोलीले आज पक्राउ गरेको हो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण केसमा अनुसन्धान भइरहेको थियो ।
खड्का लैनचौरको स्काउटको जग्गा भाडा विवादमा पनि मुछिएका थिए ।

जेनजी आन्दोलन हुँदा उनी उर्जामन्त्रीको जिम्मेवारीमा थिए ।
