डेढ करोड रुपैयाँ पर्ने गाडी किन्दै नेपाल पानी जहाज कार्यालय

विविध

देश कोरोनाको संकटसँग लडिरहेका बेला एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्‍ने भएको छ ।

२०७५ फागुनमा ललितपुरको एकान्तकुनामा १६ जना कर्मचारीको दरबन्दी सहित स्थापना भएको पानी जहाज कार्यालयले कोरोना संकटको बेलामा एक करोड ४३ लाख ९८ गाडी किन्‍ने प्रक्रिया अन्तिम अवस्थामा पुर्‍याएको हो । यो कार्यालयले गाडी किन्‍नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बुधबार प्रकाशित गरेको छ ।

पानी जहाज सञ्चालनका लागि हालसम्म कार्यालय खोल्ने सामान्य सम्भव्यता अध्ययनबाहेक अन्य काम हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पानी जहाज सञ्चालन गर्ने योजना अनुरुप खोलिएको कार्यालय पछिल्लो समय काम विहिन झैं बन्न पुगेको छ । कोरोना कहरले अर्थतन्त्र ओरालो लागेको अवस्थामा पानी जहाज कहिले सञ्चालन हुन्छ, टुंगो छैन। तर, कार्यालयले भने महँगो मूल्यमा गाडी खरिद गर्ने तयारी गरेको छ ।