प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।
ओलीलाई भेटेर खुमलटार निवास फर्केपछि प्रचण्डले नेता नेपाललाई बोलाएका हुन् । दुई नेताबीच खुमलटारस्थित प्रचण्डनिवासमा छलफल भइरहेको नेपालनिकट स्रोतले जनाएको छ ।
सोमबार मध्यान्ह प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो । छलफलमा स्थायी समितिको बैठकका विषयमा कुराकानी भएको बताइएको छ ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले पार्टीलाई एकतावद्ध गरेर लैजाने निर्णय गर्दै स्थायी समितिको बैठक बैशाख २५ गतेलाई तय गरेको थियो ।
