सभामुख र अध्यक्षद्वारा संसद बैठक सञ्चालनबारे स्वास्थ्य विज्ञहरुसँग छलफल

विविध

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैशाख २६ गतेबाट सुरु हुने संघीय संसदका दुवै सदनका बैठकलाई कोरोना संक्रमण सुरक्षित बनाउन अपनाउन सकिने उपायहरुबारे स्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् ।

इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डे र सिभिल अस्पताल काठमाण्डौका निर्देशक डा.दिर्घराज आरसी सँग सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल भएको हो ।

संघीय संसद अन्तरगतका सभाहलहरुमा सदस्यहरुका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्ड अनुसारको सामाजिक दुरी कायम हुनेगरी बसाई ब्यबस्थानको काम भईरहेको संसद सचिवालयले जनाएको छ ।