महोत्तरी, २२ वैशाख । महोत्तरीमा विषाक्त रक्सीले मृत्यु भएको भनिएका १२ मध्ये चार जनाको पोस्टमार्टमले पनि त्यही पुष्टि गरेको जनाइएको छ । चारजनाको पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्सी सेवनले नै उनीहरूको ज्यान गएको दाबी गरिएको छ ।
बाँकी आठ जनाको प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरिएकाले चार जनाको मात्रै पोस्टमार्टम गरिएको हो । प्रदेश २ प्रहरीका अनुसार पोस्टमार्टम गरिएका सबैको मृत्यु रक्सीले नै भएको रिपोर्ट आएको छ ।
