Study Without Barriers: महालक्ष्मी विकास बैंकको छात्रवृत्ति अभियान जारी

बैंक/वित्त

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफ्नो छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको उक्त कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गर्दै आएको छ।

बैंकका अनुसार शिक्षा क्षेत्रमा पहुँच विस्तार र प्रतिभावान विद्यार्थीलाई अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर सञ्चालन गरिँदै आएको छ।

धनगढीको शारदा माध्यमिक विद्यालयकी गुञ्जन सुनार, काठमाडौंको नन्दी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विपिन बुढाथोकी, वीरगन्जको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी अनिशा शाह, हेटौँडाको अमर माध्यमिक विद्यालयकी सुमिना लामिछाने र झापाको सीताराम सामुदायिक अंग्रेजी विद्यालयकी मुस्कान खातुनलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

आर्थिक अभावका कारण विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। ३२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।