नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि,संक्रमितको संख्या ७५

विविध

काठमाडौँ – आजै  यसअघि नौ जना संक्रमित भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो  । यो सहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ ।  यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् ।