बलात्कार आरोपित पक्राउ

विविध

किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी  छन् ।

शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी  दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएका अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।  बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को  करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ  ।