ग्लोबल आइएमई बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा

बैंक/वित्त

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको खुद नाफा ६.५० प्रतिशतले बढेको छ ।

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
यता, बैंकको खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ६२ शलाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १.७२ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ।