Income Engine Revives, Profit Slips: एनएमबिको ६ महिनाको कथा

बैंक/वित्त

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेडको बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद व्याज आम्दानी ४ अर्ब २५ अर्ब ३२ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पननीको खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख रुपैयाँ पुगेको छ ।