बेलायतका प्रधानमन्त्री बोरिश जोनसन र उनकी fiancee Carrie Symonds लाई पुत्रलाभ भएको छ। लंडनको एक अस्पतालमा बुधबार बिहान बोरिश र केरीको सन्तानको जन्म भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। हाल आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरुका प्रवक्ताले बताएका छन्।बोरिश जोनसन ५५ वर्षका हुन् भने सुश्री सिमोन्ड्स ३२ वर्षकी हुन्। उनीहरुले मार्चमा सिमोन्ड्स गर्भवती भएको घोषणा गरेका थिए। यी जोडिले गत वर्षको अन्त्यमा engagement गरेका थिए। प्रधानमन्त्री बोरिश केहि दिन अघि मात्र कोरोना भाइरसको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए। उनले सोमबारबाट पुन: जिम्मेवारी सम्हालेका छन्।सिमोन्ड्समा पनि कोरोनाको हल्का लक्षण पाइएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका थिए।
