रोल्पा, वैशाख १७ः रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ ।
माडी गाउँपालिका–२ कै ६२ वर्षिय तुलबहादुर परियारको मृतयु भएको इलाकाप्रहरी कार्यालय घर्तीगाउँकाप्रहरी निरीक्षकशंकर खड्काले जानकारी दिनुभयो । दम रोगको उपचारकालागि काठमाण्डौं गएका परियार बैशाख १२ गते भक्तपुरको कृष्ण ईटाभट्टामा मजदुरी गर्ने छोरासँगै गाउँ फर्किएका थिए ।
परियारको थ्रोड स्वाबको नमूना परिक्षणका लागि रोल्पा अस्पतालबाट डाक्टरको टोलि हिजै पुगेको इप्रका घर्तीगाउँले जनाएको छ । परियार बसेको क्वारेन्टाइनमा ६५ जानरहेका छन् ।

