५३ वर्षीय बलिउड अभिनेता इरफान खानको मृत्यु

विविध

अभिनेता इरफान खान न्यूरोएन्डोक्राइन ट्यूमरसँग दुई वर्षदेखि लड़द्दै थिए । उनको मृत्यु मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भएको थियो । उनको मृत्युको समाचार सब भन्दा पहिले फिल्म निर्माता शुजित सिरकरले दिएका थिए ।

पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे ।  अस्पतालमा भने मंगलवार इरफान कोलोन संक्रमणको कारण  भर्ना भएका थिए ।

गत शनिवार उनकी आमाको निधन भएको थियो ।

निर्देशक शूजित सरकारले ट्विटमा लेखेका छन्, ‘मेराे साथी इरफान, तपाईँले धेरै लड्नुभयाे, मलाई तपाईँप्रति सधैँ गर्व रहनेछ । हामी अर्काे पटक फेरि भेट्नेछाैँ । ईश्वरले तपाईँकाे आत्मालाई शान्ति प्रदान गरुन् र तपाईँकाे परिवारलाई पनि सहनशक्ति प्रदान हाेस् ।’

https://twitter.com/ShoojitSircar/status/1255377784773410818?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1255377784773410818&ref_url=https%3A%2F%2Fwww.hindustantimes.com%2Fbollywood%2Firrfan-khan-dies-at-54%2Fstory-Hd8s2xZ6uNeqDjgV0sl7zI.html

इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा छुट्टै छाप छाेडेका थिए ।

मकबूल, लन्च बक्स, पीकू, पान सिंह ताेमरले छुट्टै पहिचान दियाे

सन् १९८८ मा आएकाे मीरा नायरकाे फिल्म सलाम बम्बे बाट इरफानले सुरुवात गरेका थिए । पछि उनले ‘मकबूल’, ‘लाइफ इन अ मेट्राे’, ‘द लन्च बक्स’, ‘पीकू’, ‘तलबार’, ‘हिन्दी मिडिमय’ जस्ता फिल्ममा काम गरे । उनले ‘हासिल’ (नेगेटिभ राेल), ‘लाइफ इन मेट्राे’ (बेस्ट एक्टर), ‘पान सिंह ताेमर’ (बेस्ट एक्टर क्रिटीक) र ‘हिन्दी मिडियम’ (बेस्ट एक्टर) का लागि फिल्मफेयर अवार्ड जितेका छन् ।