कञ्चनपुर । कञ्चनपुरको लालझाडी-१ बिनवारीका ५५ वर्षिय बृद्ध खोलाले बगाउदा बेपत्ता भएका छन् ।
घर फर्कने क्रममा नदिले बगाएर लालझाडी १ बिनवारी बस्ने ५५ वर्षिय साधु राना बेपत्ता भएको हो ।
अचानक आएको बाढीले लालझाडी गाउँपालिका वाड न ३ बल्मीको दोदा नदिमा हिमसगरमाथा कन्सट्कसन ले निर्माण गर्दै आईरहेको निर्माणधिन पुल भत्किएको छ ।

बन्दै गरेको अधुरो पुल अचानक बाढी आउदा पुर्ण रूपमा क्षतिग्रस्त भई करोडौको नोक्सान भएको छ ।
