रविको आत्मविश्वास : रास्वपालाई लडाउने तागत कसैमा छैन

Sticky News राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई बाह्य शक्तिले कमजोर बनाउन नसक्ने बताएका छन्।

चितवनमा शनिबारदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विगतमा व्यक्त गरेको धारणा दोहोर्‍याएका हुन्।

लामिछानेले रास्वपा कमजोर हुने अवस्था आए पनि त्यो आफ्नै कमजोरीका कारण मात्र हुन सक्ने उल्लेख गर्दै बाहिरबाट पार्टीलाई ढाल्ने सामर्थ्य कसैसँग नभएको दाबी गरे।

‘मैले विगतमा पनि भनेको छु, रास्वपा लड्छ भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरूको तागत छैन। तर रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन,’ उनले भने।