नेपाल नापित समाजको १७औँ साधारण सभा सम्पन्न: ज्ञान बहादुर नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

समाज

मध्यपुर थिमि, भक्तपुर,  नेपाल नापित समाजको सत्रौँ साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार मध्यपुर थिमिस्थित मध्यपुर वैन्क्वेटमा भव्यताका साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री राजन नापितको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं नानी मैया छात्रवृत्ति कोषका संस्थापक डा. ईन्द्र नापितले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

कार्यक्रममा नेपाली र नेपाल भाषाको राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने उपाध्यक्ष ज्ञान बहादुर नापितले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो। अधिवेशनमा निम्न प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्:

  • प्रगति प्रतिवेदन: महासचिव श्याम हरि नापितद्वारा प्रस्तुत।

  • आर्थिक प्रतिवेदन: कोषाध्यक्ष माधव नापितद्वारा प्रस्तुत।

  • विधान संशोधन प्रस्ताव: सचिव राजेन्द्र नापितद्वारा प्रस्तुत।

समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २०८१ सालको एस.ई.ई. परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेको छ। त्यसैगरी, आजीवन सदस्यहरूलाई प्रमाणपत्र र संस्थालाई आर्थिक सहयोग गर्ने दाताहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

अधिवेशनले प्रविण नापित संयोजक तथा नारायण नापित र शंकर नापित सदस्य रहेको निर्वाचन समिति मार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूको नामावली यस प्रकार छ:

अध्यक्ष : ज्ञान बहादुर नापित, वरिष्ठ उपाध्यक्ष : जगदिश्वर नापित, उपाध्यक्ष : श्याम हरि नापित,  महासचिव : राजेन्द्र नापित ( बोडे ), सचिव :राजेन्द्र नापित ( ललितप्र ), कोषाध्यक्ष : निल कमल नापित,  सह कोषाध्यक्ष :सम्पूर्ण नापित तथा सदस्यहरूमा पुष्प नापित, जोतिक नापित, प्रेम लाल नापित, जिनेश्वरी नापित र बाल कृष्ण नापित निर्वाचित हुनुभएको छ।

कार्यक्रमको सञ्चालन शोभा नापितले गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष राजन नापितले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो। उक्त कार्यक्रममा अतिथि नेपाल नापित समाजका संस्थापक अध्यक्ष पुरुषोतम नापित र निर्वतमान अध्यक्ष नारायण नापितज्यू पनि मन्तब्य राख्नु भएको थियो।

कार्यक्रममा उपत्यकाका विभिन्न गुठीका प्रतिनिधिहरू र समाजका सल्लाहकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।