नेपाल एसबीआई बैंकको ९ % लाभांश घोषणा

बैंक/वित्त

काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको ५३६ औं बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

यस अघि  नेपाल एसबीआई बैंकको वित्तीय वर्ष २०८१/८२ मा खुद नाफा घटेपनि, बैंकले शेयरधनीका लागि वितरणयोग्य मुनाफा बढाउँदै आफ्नो स्मार्ट बैलन्स शीट रणनीति देखाएको छ। बैंकले  १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १ अर्ब ९९ करोड रुपैयाँको तुलनामा करिब ९ प्रतिशतको गिरावट हो। तर, वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ र बैंकले ११.२९ प्रतिशत लाभांश वितरण क्षमता कायम राखेको छ, जुन गत वर्षको १०.४९ प्रतिशत भन्दा उच्च हो।