निर्वाचनमा भाग लिन एमालेले गरायो दल दर्ता

राजनीति

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ। दल दर्ताका लागि एमाले निर्वाचन विभागका प्रमुख नीरज आचार्य आज चुनाव आयोगको कार्यालय पुगे।

निर्वाचनमा सहभागी हुन दल दर्ताको अन्तिम मिति मंसिर १० तोकिएको छ। एमालेले अन्तिम मिति भन्दा एक दिनअघि नै दर्ता प्रक्रिया सम्पन्न गरेको हो।

यता, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने अडान  दोहोर्याउँदै आएको एमाले आज त्यसकै मागसहित सर्वोच्च अदालत पनि पुगेको छ।