बैंकहरुमा अधिक तरलता, ८४ दिनको लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंक/वित्त

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाउन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ। यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले मंसिर ३ मा ८४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार, यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ र २०८२ माघ २८ गते मूलधनसहित ब्याज भुक्तानी गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले भाग लिँदा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। मंसिर सुरु भएसँगै यो पहिलो पटक राष्ट्र बैंकले तरलता खिचेको हो।