“एनपीएल–२ अगाडि क्यानको ‘फेयर प्ले’ अपिल: उपत्यकामा कुनै अवरोध नगरौँ”

खेलकुद

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अब ‘गेम–रेडी’ मोडमा पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आयोजित प्रेस कन्फ्रेन्समार्फत सम्पूर्ण तयारी टुंगिएको घोषणा गरेको हो।

क्यानका सचिव पारस खड्काका अनुसार, गत सिजनको तुलनामा यो पटकको एनपीएल ‘अझै ठूलो, अझै रोमाञ्चक’ हुनेछ। उनले लिगलाई सफलतापूर्वक सम्पन्न गर्न क्यान एकसाथ उभिएको भन्दै यो सिजनले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।

यसैगरी, करिब एक महिना चल्ने लिगको क्रममा उपत्यकामा कुनै पनि आन्दोलन, प्रदर्शन वा अवरोधजन्य गतिविधि नगर्न क्यानले विशेष आग्रह पनि गरेको छ।