त्रिविले विद्यार्थीहरुका लागि जारी गर्यो महत्वपुर्ण सुचना

विविध

काठमाडौं । लकडाउनका बीचमा त्रिभुवन विश्वविद्यालयले विद्यार्थी र विद्यालयहरुका लागि अत्यन्तै महत्वपुर्ण जानकारी दिएको छ । नेपाल लगायत विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि अत्ति आवश्यक सेवा सम्बन्धी संस्थानहरु बाहेक नेपाल सरकारले तोकिएको तालाबन्दी अवधिमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयहरू बन्द छन् । लामो समय पढाई बन्द हुने अवस्था आएपछि अहिले अनलाइन कक्षाको सुरुवात पनि भएको छ ।

त्रिविले केही संकायका शिक्षकहरुको पहलमा क्याम्पस र स्कूलमा अनलाइन कक्षा सञ्चालनको तयारी गरेको छ । सबै क्याम्पसहरू, स्कूलहरू र विभागहरूलाई उनीहरूका शिक्षक र विद्यार्थीहरूसँग सम्पर्कमा रहन अनुरोध गरिएको छ । क्याम्पस स्कूल विभागहरूलाई शिक्षक कर्मचारीहरु संग सम्पर्क कायम राख्न र सम्भव भएमा काम रोक्न र कार्यालय बाट होमवर्क गर्न आग्रह गरिएको छ । थप सुचना हेर्नुहोस् :