काठमाडौँ – पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन्। साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।
सामाजिक सन्जालमा लेखेको विषयबस्तुलाई लिएर उपाध्यायलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ। उनलाई सोह्रखुट्टे प्रहरी वृतमा राखिएको छ।

