काठमाडौं । जर्मनीले कोरोना भाइरस (कोभिड-१९) को औषधि बनाउनका लागि प्रयोग गरिने टिकाको विकासका लागि पहिलो क्लिनिकल परीक्षणलाई स्विकृति दिएको छ ।
जर्मनीको नियामिक संस्थाले जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरद्वारा विकसित एक आरएनए भ्याक्सिनलाई मानिसमा परिक्षण गर्न स्विकृति दिएको हो ।
नियामक ईकाईले एक बयानमा पोल एहरलिक इन्स्टीट्युटले जर्मनीमा कोभिड-१९ विरुद्धको टिकाको पहिलो क्लिनिकल परिक्षणलाई स्विकृति दिएको बताएको छ ।

सम्भावित जोखिमको सावधानीमा आँकलन गरेपछि मात्र जर्मनीले परिक्षणका लागि मञ्जुरी दिएको हो ।
एजेन्सीको सहयोगमा
