काठमाडौँ – नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणाली सञ्चालन हुने जनाएको छ।
शुक्रबार जारी गरिएको सूचनामा बैंकले शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म RTGS सेवा उपलब्ध हुने उल्लेख गरेको छ।
सामान्यतया, यो सेवा हप्ताको अन्य दिनहरूमा कार्यालय समय अर्थात् बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुला रहने गर्छ।

