“From Local to Global: माछापुछ्रेले जित्यो फिनटेक इनोभेसनको प्लाटिनम अवार्ड”

बैंक/वित्त समाचार

काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो ।

इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ्ग क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ ।

माछापुछ्रे बैंकले बैंकिङ्ग सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ्ग, नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बन जस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।