एउटै सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल

स्वास्थ्य-शिक्षा

रुपन्देहीको तिलोत्तमामा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। यस सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्। यस परीक्षामा विद्यालयबाट कूल ६०९ जना विद्यार्थी सहभागी थिए।

४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैरे, सेलिना लामा, सौगात पाण्डे, सुसन पाँगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सुजल घिमिरे, शिशिर भुषाल , शिवानी डुम्रे, सुशान्त अर्याल, आशीष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापा रहेका छन्।

यी १८ जनाबाहेक २२ जना विद्यार्थीले ३.९६ देखि ३.९९ जीपीए, १४ जनाले ३.९ देखि ३.९५, १७१ जनाले ३.६ देखि ३.८९, २०९ जनाले ३.२ देखि ३.५९, ११२ जनाले २.८० देखि ३.१९ र १४ जनाले २.४० देखि २.७९ जीपीए प्राप्त गरेका छन्।

शान्ति नमुना माध्यमिक विद्यालयमा हाल ५,००० विद्यार्थी अध्ययनरत छन्।

नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अंक ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ । रुपन्देही जिल्लामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ९७५ विद्यार्थीहरू सहभागी भएका थिए ।