काठमाडौं । आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्म जयन्ती उनको सम्झनामा मनाईंदैछ । वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।
हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ ।
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ ।

कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।
नेपाली अनि नेवारी दुबै भाषामा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उनका कवितामा सबैको भलो होसर जय होस भन्ने भावहरु पाइन्छ, ।
आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शाषकहरुले १८ वर्ष जेल तोको थिए । पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन ।
नेपाली भाषामा भने उर्बसी, मेरो प्रतिबीम्ब, आँशु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनीधी कविता र सिद्धिचरणका जेल संझना पर्दछन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।
युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको उत्कृष्ट कविता
- तिम्रै सुन्दर हरियालीमा
- तिम्रै शीतल बक्षस्थलमा
- यो कविको शैशवकाल बित्यो
- हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
- मेरो प्यारो ओखलढुंगा!
- जब म चढेर भावको डुंगा
- सैर गर्छु स्मृतिको प्रिय गंगा
- स्वप्न गगनबाट सुशीतल जल
- सुख-स्मृतिको बर्सिन्छ रिमझिम
- मेरो प्यारो ओखलढुंगा!
- कुसुमाकरको आँचल पक्री
- मलाई कति खोज्दी हुन् प्रकृति
- मृग सावकहरू उफ्री-उफ्री
- अरु लतिकाहरू हल्ली-हल्ली
- मेरो प्यारो ओखलढुंगा!
- ती अविरल परिश्रमी पतकार
- द्रुतगामी निर्झर तुल्य चपल
- बहँदै वनवनमा चारैतिर
- खोज्दा हुन् मेरो पथको पथ
- मेरो प्यारो ओखलढुंगा!
- तामाकोसी त्यो सुनकोसी
- त्यो गिरी फोरी बहने रोसी
- मेरो हृदयको तिम्रो चित्र
- पारिरहन्छ हरदम पवित्र
- मेरो प्यारो ओखलढुंगा!
- भाग्य लहरमा लहरी लहरी
- पुगें म यस मरूस्थलमा कसरी
- तर खेद छैन तिम्रो आकृति
- लेखिएको छ यो हृदयभरि !
- मेरो प्यारो ओखलढुंगा!
