काठमाडौंमा राजावादी शक्तिको मोटरसाइकल ¥याली

राजनीति

राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन घोषणा गरेका राजावादी शक्तिले काठमाडौंमा आज मोटरसाइकल ¥याली निकालेका छन् ।

काठमाडौंको सुकेधारादेखि बल्खुसम्म गरिएको ¥यालीमा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता कार्यकर्ता सहभागी भएका थिए । आगामी जेठ १५ गतेबाट अनिश्चितकालिन आन्दोलनको घोषणा गरिएको भोलिपल्ट उनीहरुले प्रदर्शन गरेका हुन् ।