नबिल बैंकमा नेतृत्व परिवर्तन : मनोज ज्ञवाली बने कामु सीईओ

अर्थ समाचार

काठमाडौं । नबिल बैंकको नेतृत्वमा परिवर्तन भएको छ। बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई कायम मुकायम सीईओ को जिम्मेवारी दिइएको छ।

बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले गभर्नर बन्ने दौडका  लागि राजीनामा दिएपछि ज्ञवालीलाई नेतृत्व सुम्पिएको हो। ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए, जसलाई बैंक सञ्चालक समितिको बैठकले आज स्वीकृत गरेको छ।

साथै, सोही बैठकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। अब नबिल बैंक उनकै नेतृत्वमा अघि बढ्नेछ।