नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन्। उनले सीईओ पद त्याग्दै गभर्नर बन्ने दौडमा होमिएका हुन्। बैंकका अनुसार उनले गत आइतबारको मिति राखेर राजीनामा दिएका छन्, तर सो राजीनामा अझै स्वीकृत हुन बाँकी छ।
ढुंगानाको राजीनामापछि अब बैंकको नयाँ सीईओ को हुने भन्ने चासो बढेको छ। वरिष्ठताको हिसाबले हाल सिनियर डेपुटी सीईओ सुजित शाक्य अग्रस्थानमा छन्। उनीसँगै मनोज ज्ञवाली पनि सिनियर डेपुटी सीईओका रूपमा कार्यरत छन्।
त्यसैगरी, भूपेन्द्र पाण्डे डीसीईओ पदमा रहेका छन्। मुख्यतः बैंकका दुई सिनियर डेपुटी सीईओ, शाक्य र ज्ञवालीबीच सीईओ पदका लागि प्रतिस्पर्धा हुने देखिन्छ।

