शासन परिवर्तनपछि सिरिया भ्रमण गर्ने पहिलो अरब नेता बने कतारी अमिर

अन्तराष्ट्रिय

कतारका अमिर शेख तमिम बिन हमद अल थानी सिरियाको अन्तरिम नेतृत्वसँग वार्ता गर्न बिहीवार दमास्कस पुगेका छन् । जुन गत डिसेम्बरमा सरकार परिवर्तन भएपछि अरब नेताको पहिलो भ्रमण हो । कतारी नेतालाई दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा सिरियाली अधिकारीहरूले स्वागत गरेका थिए । पहिले बसर अल–असदको सरकार विरुद्ध विपक्षी सेनालाई समर्थन गरेको कतारले हालै असदको अपदस्थपछि दमास्कससँग संलग्न हुन इच्छुकता जनाएको छ । अधिकारीहरूले एजेण्डा खुलासा नगरे पनि सिरियाली मिडियाले छलफल आर्थिक सहयोगमा केन्द्रित हुने सम्भावना रहेको बताएको छ । यस महिनाको शुरुमा कतारी प्रधानमन्त्री र विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको दमास्कसको भ्रमणसहित सिरियाली र कतारी अधिकारीहरू बीचको बैठकहरू पछि यो भ्रमण भएको हो ।