लगातार दोस्रो वर्ष पनि एनएमबी बैंकले बाँडेन लाभांश

अर्थ समाचार

एनएमबि बैंक लिमिटेडका सेयरधनीहरुको लगातार दोस्रो वर्ष पनि हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात उक्त वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।