जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

खेलकुद समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबार जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको

लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको जनकपुरले प्ले अफ सम्भावनालाई बलियो बनाएको छ । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखराविरुद्ध सात विकेटको जित निकालेको थियो ।

यता चारै खेलमा हार ब्यहोरेको लुम्बिनीको प्ले अफ सम्भावना लगभग सकिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्सविरुद्ध दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

जनकपुरका लागि हर्ष थाकरले चार ओभरमा २३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी किशोर महतो, ललितनाराण राजवंशी र शेर मल्लको नाममा सामान एक विकेट रह्यो ।